युवा संघका अध्यक्ष पहारीले भने : ‘वर्तमान सरकारले, राष्ट्र हितको भन्दा अहितको काम धेरै गरिरहेको छ’

युवा संघका अध्यक्ष पहारीले भने : ‘वर्तमान सरकारले, राष्ट्र हितको भन्दा अहितको काम धेरै गरिरहेको छ’

१५ साउन, धादिङ। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीब पहारीले अहिलेको सरकारले, राष्ट्र हितको भन्दा अहितको काम गरेको बताएका छन्। उनले भने कुनैबेला टाउकोको मुल्य तोकिएका र मुल्य तोक्ने हरुको अपवित्र गठवन्धन भएको छ, जुन गठबन्धन स्वार्थको निम्ति हो । यसबाट कुनै पनि आश गर्नु बेकार छ, आश नगरे हुन्छ।

युवा संघ नेपाल त्रिपुरासुन्दरी गाउँपालीका धादिङको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष पहारीले निर्वाचित जनप्रतिनिधिलाई भने, ‘अबको पाँच बर्ष सम्मको स्थायी सरकार तपाहरु हो, तपाईंहरू अधिकार सम्पन्न हुनुहुन्छ कार्यपालिका, न्यायपालिका,व्यवस्थापिका तपाईंहरूकै साथ हुनेछ । तपाईंहरू अब सबै जनताकोको गाँउपालिका प्रमुख, वडा अध्यक्ष र सदस्य हो तसर्थ कुनै पार्टीको मात्र काम नभएर सम्पूर्ण जनताको काम गर्नुहोस्।’

विशेष अतिथिको रुपमा बोल्दै निर्वाचित गाउपालिका प्रमुख दुर्गा कुमार शाक्यले ५ बर्ष कार्यका सम्म जनताको हितकै निम्ति काम गर्ने र अहितमा कहिलै काम नगर्ने र अरुले गर्यो भने कारबाही गर्ने बताएका छन् । बजेट बिनियोजन गर्दा पनि सबै वडालाई उचित ढंगले गरेको बताउदै पर्र्यटन, सडक जस्ता कुरालाई उच्च प्राथमिकतामा राखेको बताए ।

विशेष अथितिकै रुपमा बोल्दै युवा संघका केन्द्रीय स्वास्थ्य बिभाग सचिव सन्तोष सिलवालले अब युवाहरुलार्इ प्लास्टिकको कप झै युज एण्ड थ्रो होइन हरेक नेतृत्वको तह र तप्कामा अघि बढाउनु पर्ने बताए । उनले भने, अहिलेका पार्टीका अधिकांश पोलीटव्युरो सदस्य युवा उमेरमै जनप्रतिनिधि भएका थिए तर किन हामीलाई चाँही काम लगाउने बेलामा जुझारु, अवसर प्रदान गर्ने बेलामा ब्यवहारिक नभएको, आभारा भनिन्छ ?

उनले भने अब असल युवाहरू राजनीतिमा आउनुपर्ने छ होइन भने अझ खराब मान्छेले असल मान्छेलाई राज गरिरहनेछन्।

हरिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा काठमाण्डौँ धादिङ सम्पर्क मञ्चका सहसचिव अर्जुन तिमल्सिना , युवा संघ जिल्ला सचिव काजी श्रेष्ठको उपस्थिती रहेको थियो भने नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमुख अतिथि पहारीद्वारा खादा तथाअबिर लगाएर सम्मान गरिएको थियो।

Author: rajip_pahari