बाम उम्मेदवार पहारीको योजना सराङकोट, कास्कीको हुदै छोरेपाटनसम्म रिङरोड

 

पोखरा २१ कात्र्तिक । बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्वर ३ (ख) का उम्मेदवार राजीव पहारीले राजनीतिक आन्दोलन पुरा भएकाले अव विकास र समृद्धिमा केन्द्रीत हुनुपर्ने बताएका छन् । पोखराको पर्यटकीय क्षेत्र बैदाममा आयोजित कार्यक्रममा बोल्दै उनले अ देशलाई विकास र समृद्धिले जोडनुपर्ने बताए ।

२००७ सालदेखि अहिलेसम्म राजनीतिक आन्दोलनमा केन्द्रीत भयौ अव विकास र समृद्धिमा केन्द्रीत हुर्नुपर्छ उनले भने –‘देशमा राजतन्त्र समाप्त भयो, अवको हाम्रो दुश्मन गरिवी, भष्टाचार, कुशासन हो, यसको अत्य गदै देशलाई विकास र समृद्धिको बाटोमा अगाडी बढाउनुपर्छ ।’ युवा सघ नेपालका अध्यक्ष समेत रहेका उनले आफुले जितेमा युवाका लागी रोजगारी र श्रमसंग जोडने गरि कार्यक्रम ल्याउने समेत दावी गरे ।

बाम गठबन्धको तर्फबाट आफु निवाचित भए पोखराको गहना र पयटकीय क्षेत्र फेवाताल संरक्षणमा विशेष कार्यक्रम ल्याउने उम्मेदवार पहारीेले बताए । ‘मैले जिते भने सराङकोट, कास्कीकोट हुदै छोरेपाटन जोडने गरि रिङरो निर्माण गर्ने छु । ’ उनले प्रदेश ख प्राकृतिक स्रोत साधानमा धनि रहेको बताउदै त्यसको समुचित सदुपयोग गर्ने समेत बताए । उनले निवाचन लगत्तै एमाले र माओबादी केन्द्र एकिकरण भएर नयाँ कम्यूनिष्ट पाटी बन्ने बताउदै कसैले आफनो निवाचन चिन्ह खोज्दै हिनुपर्ने अवस्था नभएको बताए । ‘निवाचनपछि नयाँ कम्यूनिष्ट पार्टी बन्नेछ त्यसैले चिन्हप्रतिको माया त्याग्नुस, पार्टीको नीति र नेतृत्व मान्नुपर्छ निवाचनमा बाम उम्मेदवार जिाउन सवै एक भएर लागौ । ’

Author: rajip_pahari