दोस्रो चरणको चुनावमा युवा संघले छुट्टै सुरक्षा व्यवस्था अपनाउने:: राजिब पहारी

featured-news

२८ जेठ, सिरहा । दोस्रो चरणको चुनावमा युवा संघले छुट्टै सुरक्षा व्यवस्था अपनाउने भएको छ । पहिलो चरणको निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरी सत्तारुढ दलहरुले मतदातालाई प्रभावित बनाएको र कतिपय स्थानमा मतदान केन्द्र नै कब्जा भएको भन्दै संघले छुट्टै सुरक्षा व्यवस्थाको तयारी थालेको छ । आइतबार सिरहामा भएको संघको भेलामा अध्यक्ष राजिव पहारीले युवा संघका नेता कार्यकर्तालाई कडा सुरक्षा व्यवस्था मिलाउन स्वयंसेवी रुपमा खट्न निर्देशन दिए । पहारीले पहिलो चरणमा दोलखा लगाएको स्थनमा प्रहरी नेतृत्वकै संलग्नतामा मतदान केन्द्रनै नियन्त्रणमा लिएर मतदान गरेको पाइएको भन्दै दोस्रो चरणमा त्यस्तो गतिबिधि रोक्न युवा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले जनताको मतको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने भन्दै तराई मधेसमा एमालेलाई पहिलो पार्टी बनाउन युवा संघको भूमिका महत्वपूर्ण हुने बताए ।

19125382_492063977823367_502760866_o

कार्यक्रममा अध्यक्ष पहारीले संघ र एमालेको झण्डा सिरहा अध्यक्ष बैजनाथ साहलाई हस्तान्तरण गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिराहा इन्चार्ज लिलानाथ श्रेष्ठले नेकपा एमाले तराई मधेसमा पहिलो पार्टी हुन कसैले रोक्न नसक्ने दाबी गरे । उनले तराई मधेसको विकासमा केपी शर्मा ओलीले महत्वपूर्ण नेतृत्व गरेको दाबी गरे । कार्यक्रममा एमाले सिरहाका अध्यक्ष प्रमोद यादव, संघका स्थायी कमिटी सदस्य तथा दोस्रो चरण निर्वाचन सगरमाथाका उत्पेरक प्रभात विक्रम कटवालले युवा संघ नेपालले तराईको विकास र मुद्दालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

Author: rajip_pahari