तराई मधेसमा जम्दै नेकपा एमालेको युवा संघ

तराई मधेसमा जम्दै नेकपा एमालेको युवा संघ

सिराहा, जेठ २८ । मधेसको मन जित्न तराई मधेस झर्ने उद्घोष गरेको नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले पकड जमाउन थालेको छ । युवा संघ नेपाल केन्द्रिय अभियान अन्तर्गत आज सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा चुनाव केन्द्रीत कार्यक्रम गरेर मधेस पकड अभियान थालनी गरेको हो । आसन्न दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउने उदेश्यले संघका केन्द्रिय अध्यक्ष राजिब पहारीले युवा संघ नेपालको र एमालेको झन्डा युवा संघ नेपाल सिरहा जिल्ला अध्यक्ष बैजनाथ साहलाइ हस्तान्तरण गर्दै उद्घोष गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष पहारीले युवा संघ नेपालले सुरक्षाको कडा ब्यबस्था गर्न निर्देशन दिनु भयो । कार्यक्रममा नेकपा एमालेलाइ कसैले पनि पहिलो पार्टी हुनबाट रोक्न नसक्ने पहारीले धारणा राख्जुभएको थियो । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिराहा इन्चार्ज लिलानाथ श्रेष्ठले नेकपा एमाले तराई मधेसमा पहिलो पार्टी हुने दावी गर्दै तराईको बिकासमा केपी शर्मा ओलीले महत्त्वपूर्ण नेतृत्व गर्नु भएको धारणा राखेका थिए ।

नेकपा एमालेका सिरहा पार्टी अध्यक्ष प्रमोद यादवले नेकपा एमाले गरेको राष्ट्रियता, स्वतन्त्रता , स्वाधीनता र तराईमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । संघका स्थायी कमिटी सदस्य तथा दोस्रो चरण निर्बाचन सगरमाथाका उत्पेरक प्रभात बिक्रम कटवालले युवा संघ नेपालले तराईको बिकास, तराईको मुद्दालाई स्थापित गर्ने र त्यसलाइ कार्यान्वयन गर्ने महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

उहाँले संघका अध्यक्ष राजीब पहारी , पार्टी नेता लिलानाथ श्रेष्ठ प्रमोद यादब लगायत नेताहरुलाइ उत्पेरकको हैसियतले धन्यवाद तथा आभार ब्यक्त गर्नुभयो। उक्त कार्यक्रममा युबा संघ नेपालका सचिवालय सदस्यहरु रमेशकुमार आचार्य , निरेशलाल शिह , राममणि मिश्र ,युबा संघ नेपालकाकेन्द्रीय सदस्य रबिन्द्र साह ,नवीन यादव ,राजेश साह लगायतले सम्बोधन गर्नु भयो । कार्यक्रमको अध्यक्षता बैजनाथ साह र सञ्चालन इन्द्रेस राउत गर्नु भएको थियो ।

Author: rajip_pahari