एमालेलाई मधेसमा पनि पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन् : राजिव पहारी

सिराहा : युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले तराई मधेसमा नेकपा एमालेलाई पहिलो पार्टी हुनबाट कसैले पनि रोक्न नसक्ने बताएका छन् । युवा संघ नेपाल केन्द्रिय अभियान अन्तर्गत आइतबार सिराहा बजारमा  आयोजित कार्यक्रममा अध्यक्ष पहारीले  दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई तरार्इ(मधेशमा पनि ठुलो साथ र समर्थन रहेको बताउँदै पहिलो पार्टी बन्ने बताएको हो । कार्यक्रममा  उनले एमालेलार्इ पहिलो पार्टी बनाउने उदेश्यका साथ  युवा संघ र एमालेको झण्डा युवा संघ सिरहा जिल्ला अध्यक्ष बैजनाथ साहलाई हस्तान्तरण गरे ।

निर्वाचन विरोधी गतिविधि र मतदाताको सुरक्षाको व्यवस्था मिलाउन युवा संघ जिल्ला कार्यसमितिलाई निर्देशन समेत दिए । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिराहा इन्चार्ज लिलानाथ श्रेष्ठले तराईको बिकासमा केपी शर्मा ओलीले महत्वपूर्ण नेतृत्व गरेको  एमाले तराई मधेसमा पहिलो पार्टी हुने विश्वास व्यक्त गरे। एमालेका सिरहा पार्टी अध्यक्ष प्रमोद यादवले एमालेले गरेको राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र तराईमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताए ।

युवा संघका स्थायी कमिटी सदस्य एवं दोस्रो चरण निर्वाचन सगरमाथाका उत्पेरक प्रभात बिक्रम कटवालले युवा संघ नेपालले तराईको बिकास, तराईको मुद्दालाई स्थापित गर्ने र त्यसलाई कार्यान्वयन गर्नमा महत्वपूर्ण भुमिका रहेको बताए। उनले संघका अध्यक्ष राजीव पहारी, पार्टी नेता लिलानाथ श्रेष्ठ, प्रमोद यादब लगायत नेताहरुलाई उत्पेरकको हैसियतले धन्यवाद तथा आभार ब्यक्त गरे ।

उक्त कार्यक्रममा युवा संघ नेपालका सचिवालय सदस्यहरु रमेशकुमार आचार्य, निरेशलाल सिंह, राममणी मिश्र, केन्द्रीय सदस्य रवीन्द्र साह, नवीन यादव, राजेश साह लगायतले सम्बोधन गरेको थियो । उक्त कार्यक्रमको अध्यक्षता बैजनाथ साह र सञ्चालन इन्द्रेस राउतले गरेको थियो ।

Author: rajip_pahari